Sunday, 09, May, 2021 info@saipalnews.com

प्रदेश २ का बिहीवार भेटिए २ सय ५९ जना कोरोना संक्रमित

धनुषा १६ वैशाख । प्रदेश २ मा बिहीबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी पर्सामा १४१ जना छन् ।यस्तै धनुषामा ४६ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसै गरी बारा २३ जना, रौतहट १७ जना, महोत्तरी १५ जना, सिरहा ७ जना, सर्लाही ६ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका बरिष्ट चिकित्सक डा।कमलेश प्रसाद यादवले जानकारी दिए । आज संक्रण पुष्टि भएका मध्ये १८५ जना पुरुष र ७४ जना महिला छन् । योसंगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।