Sunday, 09, May, 2021 info@saipalnews.com

आईसीयू अभावमा छटपटिँदै मृत्यु

काठमाडौं १८ वैशाख । अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए ।कोरोना पुष्टि भएपछि बेड पाएनन् ।

परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन्  । संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्७शधवसयाइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ? मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्७शधवसयाइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए ।

धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फिभर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्रतीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको मृत्यु भएको बताए । समाचारकान्तिपुर दैनिकमा छ ।