Monday, 10, May, 2021 info@saipalnews.com

नर्भिकले भन्यो– नेता खनालको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ

काठमाडौं १८ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।