Sunday, 09, May, 2021 info@saipalnews.com

अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

काठमाडौं १८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले  जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड  भए पनि मान्य थियो ।