Sunday, 09, May, 2021 info@saipalnews.com

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

पाल्पा १९ वैशाख । पाल्पामा गएराति चट्याङले लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाल्पा तिनाउँ गा।पा। १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।यस्तै, सोही स्थानकी १५  बर्षकी ईन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ  गाउँपालिका  १ बर्ष १९ को रामु गाहा पनि घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको  अवस्था सामान्य  रहेको छ ।