Friday, 11, June, 2021 info@saipalnews.com

बूढानीलकण्ठ वडा २ मा रहेको आइसोलेसनका लागि अतिआवश्यक स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई हस्तान्तरण

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को  बि.एम.सि.ए स्कुलमा केहि दिन अघि मात्र पुनः सञ्चालनका लागि तयार गरिएको आइसोलेसन केन्द्रका लागि कोभिड १९ का संक्रमितहरुको उपचारका लागि अत्यावश्यक रहने अक्सिजन सहित अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ।

 

नितेन मेमोरियल स्कुल (माद्यमिक विद्यालय) तथा नव आशा गृह क्लिनिकद्वारा विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्रिहरु नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल लगायत अन्य नगर तथा वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको वडा २ का सदस्य राजेन्द्र श्रेष्ठले बताउनुभएको छ।

 

नगरपालिका तथा आइसोलेसनमा उपयोगी रहने स्वास्थ्य सामाग्रिहरु तपशिल बमोजिम रहेका छन्ः

 

Cap. Fortiplex m: 1 box

Cap. Azithro: 3 boxes

Tab. Corbic Tab. Cetophen: 1 box

Tab. Allegra: 1 box

Cap. Sunvit-60k: 3 boxes

Tab. Zinc-DT: 1 box

Cap, Vit-E: 2 boxes

Face Mask: 4 boxes

Head Cap: 1 box

Face Shield: 2 pkt

K-95 Mask :25 pkt

Micro life Thermometer: 1 box

Syrup TusQ-DX: 1 box

Pulse Oximetry: 3 pcs

Oxygen Cylinder Rental) with 1 opener: 4 cylinder

Regulator: 4 pcs

पछिल्लो वर्ष कोरोना महामरीका समयमा शैया व्यवस्थापन तथा नगरपालिका भित्र तत्काल उपचार तथा हारचाहको आवश्कतालाई ध्यानमा रेखि सो आइसोलेसल निर्माण गरिएको थिय। करोना महामारीको दोस्रो लहरले मुलुकमा पुनः भयावह स्थिति सिर्जना गरेको छ। काठमाण्डौँ लगायत अन्य विभिन्न स्थानका अस्पतालहरुमा कोरोना संक्रमितहरुले भरिभराउ भएको अवस्थामा संक्रमितहरुको तत्काल उपचार तथा स्वास्थ्यकरमीहरुको निगरानीमा उपचार गर्नका लागि आइसोलेसनको निर्माण गरिएको हो।

हाल पुनः सुचारु गरिएको आइसोलेसन केन्द्रमा संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा सुविधाहरु सहित सबै कार्यहरु पूर्ण भइसकेको सदस्य श्रेष्ठले जानकारी दिनुभएको छ।