Thursday, 10, June, 2021 info@saipalnews.com

ओली पक्ष भन्छ– माधव नेपालहरू देउवाको सरकार बनाउन चाहनुहुन्छ

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह विश्वासको मत २७ वैशाख अगावै राजीनामाको बाटोमा हिँडेपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।खनाल–नेपाल समूहको यो निर्णायक कदमले ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना क्षीण त भयो नै, एमाले पनि सग्लो नरहने भयो ।तर, ओली पक्षका नेता भने खनाल–नेपाल समूह आजै राजीनामाको दिशामा अघि नबढ्ने बताउँछन् ।

“उहाँहरूको यो बार्गेनिङ टुल्स हो । उहाँहरूले आजै राजीनामा दिनुहुन्न,” ओली समूहका प्रभावशाली नेताहरूले भने, “राजीनामामा हस्ताक्षर गरिसकेका छौँ भनेर ओलीसँग सक्दो बार्गेनिङ गर्ने नै उहाँहरूको अभिप्राय हो ।”

जसपालाई तटस्थ राख्ने डिजाइनअन्तर्गत

ओली समूहका एक प्रभावशाली नेताले खनाल–नेपाल समूहले भोलि विश्वासको मत दिने बताउँछन् । “उहाँहरूले आजै राजीनामा दिनुहुन्न । यसकारण कि, उहाँहरूको ध्येय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो । ओलीलाई जसरी पनि पदच्युत गर्ने हो । आजको रणनीति चाहिँ जनता समाजवादी पार्टीले विश्वासको मत दिन नआओस् तटस्थ बसोस् भन्ने हो ।”

तर, जनता समाजवादी पार्टीको एउटा हिस्साले ओलीलाई विश्वासको मत दिने ती नेता बताउँछन् । “तपाईं मान्नुस् जसपाको एउटा समूहले विश्वासको मत दिन्छ । कथम् मत अपुग भए, गठबन्धनको सरकार बनाउने कांग्रेसले निर्णय गरिसकेको छ । त्योभन्दा अगावै राजीनामा दिएर शेरबहादुर देउवालाई सजिलो बनाउने नै उहाँहरूको रणनीति हो ।”दुई–चारदिन यताका छलफलले त्यही भनेको ती नेता बताउँछन् । राजीनामाकै अस्त्र उज्याइसकेकाले ओली लचिलो बन्ने सम्भावन क्षीण भएको ती नेताको भनाइ छ ।ओली पक्ष भन्छ– माधव नेपालहरू देउवाको सरकार बनाउन चाहनुहुन्छ

 

 

 

 

 

 

“उहाँहरूको यो बार्गेनिङ टुल्स हो । उहाँहरूले आजै राजीनामा दिनुहुन्न,” ओली समूहका प्रभावशाली नेताहरूले भने, “राजीनामामा हस्ताक्षर गरिसकेका छौँ भनेर ओलीसँग सक्दो बार्गेनिङ गर्ने नै उहाँहरूको अभिप्राय हो ।”

 

जसपालाई तटस्थ राख्ने डिजाइनअन्तर्गत

 

ओली समूहका एक प्रभावशाली नेताले खनाल–नेपाल समूहले भोलि विश्वासको मत दिने बताउँछन् । “उहाँहरूले आजै राजीनामा दिनुहुन्न । यसकारण कि, उहाँहरूको ध्येय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो । ओलीलाई जसरी पनि पदच्युत गर्ने हो । आजको रणनीति चाहिँ जनता समाजवादी पार्टीले विश्वासको मत दिन नआओस् तटस्थ बसोस् भन्ने हो ।”

 

तर, जनता समाजवादी पार्टीको एउटा हिस्साले ओलीलाई विश्वासको मत दिने ती नेता बताउँछन् । “तपाईं मान्नुस् जसपाको एउटा समूहले विश्वासको मत दिन्छ । कथम् मत अपुग भए, गठबन्धनको सरकार बनाउने कांग्रेसले निर्णय गरिसकेको छ । त्योभन्दा अगावै राजीनामा दिएर शेरबहादुर देउवालाई सजिलो बनाउने नै उहाँहरूको रणनीति हो ।”

 

 

दुई–चारदिन यताका छलफलले त्यही भनेको ती नेता बताउँछन् । राजीनामाकै अस्त्र उज्याइसकेकाले ओली लचिलो बन्ने सम्भावन क्षीण भएको ती नेताको भनाइ छ ।