Friday, 30, July, 2021 info@saipalnews.com

हो नानि ! तिमिले ठिकै भन्यौ

हो नानि !

तिमिले ठिकै भन्यौ,

क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बादरहरुको निश्चित परिवेश हुदैनू

त्यसैले त !

तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,

हो नानी !

तिमिले ठिकै भन्यौ,

बादरहरुको निश्चित भेष हुदैनू

त्यसैले त !

तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छोरि चेलिहरुको प्रतिनिधित्व गर्दैन ।

हो नानी !

तिमिले ठिकै भन्यौ,

बादरहरु खेती गर्दैनन्

त्यसैले त !

तिमिले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।

हो नानी !

तिमिले ठिकै भन्यौ,

कर्मको कुटो नलगाउने ती बादरहरुू

त्यसैले त !

तिमी दरवारमा नाचगान गरिरहदा ती बादरहरु जनताको घरझुपडीहरुमा चेतनाको दियो बाल्दै हिडथे ।

हो नानी !

तिमिले ठिकै भन्यौ,

ती सङ्गठन बनाउनेहरु बादरै हुन ।

तिम्रो पो घरजम छ र ! ती त बेवारिसे हुन ।

हो नानी !

तिमिले ठिकै भन्यौ ।

दामोदर अर्यालको फेसबुकबाट साभार