Saturday, 31, July, 2021 info@saipalnews.com

धारिलो हतियार प्रहार गरी भाइले गरे दाइको हत्या

विराटनगर २६ असार । विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् ।  विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् ।

भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ ।  गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो ।

तर, अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए ।  दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ रहेको प्रहरीले जनाएको छ ।