Saturday, 31, July, 2021 info@saipalnews.com

युरोका सर्वोत्कृष्ट खेलाडी पिएसजीमा आबद्ध

काठमाडौं ३१ असार । इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन ९पिएसजी० मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् ।

डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्ट खेलाडीहरु तयार गरेको छ ।

डोनारुम्माले पिएसजीसँग पाँच वर्षे सम्झौता गरेका छन् । उनको आगमनसँगै पिएसजीका गोलकिपर किलर नाभास समस्यामा परेका छन् । कोस्टारिकाका यी गोलकिपर निर्विवाद रुपमा पिएसजीको पहिलो रोजाईका गोलकिपर थिए । तर, अब २२ वर्षीय डोनारुम्माले उनलाई दोस्रो रोजाइमा विस्थापित गर्नेछन् ।