Saturday, 31, July, 2021 info@saipalnews.com

नेपाल र भारतले च्याम्पियनसिप खेल्न नपाउने

काठमाडौं १ साउन । फिलिपिन्स सरकारले नेपाल र भारतको भलिबल टिमलाई २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नदिने भएको छ । फिलिपिन्समा १३ भदौदेखि एक सातासम्म यो प्रतियोगिता सञ्चालन हुनेछ ।

यससँगै भलिबलमा अब्बल मानिएका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट नेपाली खेलाडीहरु बन्चित भएका छन् । नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो । यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ ।