Saturday, 31, July, 2021 info@saipalnews.com

कोरोना खोप लिएर उडेका मुख्यमन्त्री नेपाली मनाङ पुगे, तर खोप पुगेन

कास्की २ साउन । असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुपर्‍यो । मनसुनको सुरुमै आएको भीषण वर्षाले मनाङमा ठूलो धनजनको क्षति पुर्‍यायो ।

हजारौं विस्थापित हुनुपर्‍यो । बाढी, पहिरोले क्षति पुर्‍याएको ३ दिनपछिमात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरले ) को जम्बो टोली उद्धार गर्न भन्दै मनाङ लागे । तर, मौसममा खराबी आएको भन्दै टोलीउद्धारै नगरी फर्कियो ।

यता, ४ गते संसदमा विश्वासको मत लिने समय घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री नेपालीलाई उद्धारमा लाग्नुभन्दा पोखरा फर्किन हतार भयो । नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका मुख्यमन्त्री ३ गते नै पोखरा फर्किने प्रयास पटकपटकअसफल भयो ।मनाङ  पुगेकै दिन पोखराबाट हेली बोलाएर फर्किने योजना मौसममा खराबी आएकै कारण उडेको हेलीसमेत एक्लै पोखरा फर्कियो ।अर्को दिन बिहानमात्रै मुख्यमन्त्रीको टोली पोखरा फर्किन सफल भयो ।

मनसुनको सुरुआतमै बाढी, पहिरोले क्षति पुर्‍याएपछि टुटेको सडक तथा सञ्चार माध्यमअहिले पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बाढी, पहिरोले ठूलो क्षति पुर्‍याउँदासमेत माथिल्लो सरकारको ध्यान आफूतिर नगएको भन्दै त्यहाँका जनप्रतिनिधि जनप्रतिनिधि रुष्ट छन् ।

मनाङका बाढी, पहिरो पीडितलाई हेलीबाटै ‘आकासेअनुगमन’ गरेर फर्किएर आलोचित बनेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार फेरि गोरखा पुगे । त्यहाँ उनको टोलीले कोभिडविरुद्धको खोप भेरोसेल पुर्‍याउन भन्दै चुमनुब्री उडेको थियो ।

पोखराबाट हेलीमा उड्दै गर्दा गाउँपालिकालाई आवश्यक तीन हजार खोप लिएर मुख्यमन्त्रीको टोली उडेको बताइएको थियो । मुख्यमन्त्री सचिवालयले समेत गाउँपालिकालाई आवश्यक खोप र स्वास्थ्य सामाग्री लिएर चुमनुब्री उडेको बताएको थियो । तर, चुम्रनुब्रीमा भने मुख्यमन्त्रीको टोलीमात्रै पुग्यो, खोप पुगेन ।