Friday, 30, July, 2021 info@saipalnews.com

डा.भीम रावल तिमीहरु जस्तो राष्ट्रघाती कायर होइन् ,एमसीसीकोपछि लाग्ने,रावल राष्ट्रको शान हो ?

काठमाडौं ३ साउन । जहिले पनि राष्ट्रप्रती बफादार भयर काम गर्ने । अन्तर्राष्ट्रिय विस्तारवादको घोर विरुद्ध गर्ने तपाइको खुवीलाइ पहिले देखिनै निहाल्दै आइरहेको थियौँ, तपाइले लिपुलेक,कालापानी,लिम्पियाधुराको विषयलाई लियर आफ्नो बुलन्द आवाजले संसद चर्काउनु भएको ताझै छ।

युवा पुस्ताको भविष्यलाई राजनीतिमा तन्काउने तपाइको प्रयास थियो, त्यो सबैयुवा वर्गको लागि स्वागत योग्य पनि थियो, तर केही राजनीति अखडाको कारण तपाइलाई व्क्तिवाद्को समर्थन तानिहरेको थियो,आज त्यो आफै पराकाष्ठा भयर अलगिएको हामीले महसुश गरेका छौँ ।

राजनीति कहिले पनि अन्त्य नहुने खेल हो भनेर स्व.कमरेड मदन भण्डारीले भनेका थिय हो रहिछ भन्ने कुरा अवगत भए जस्तो लाग्यो,नेपालमा थुप्रै कम्युनिष्ट नेताहरु छन । तर सबैमा कम्युनिष्टको जनभावना त्यति देखिएको  छैन । तपाई एक मात्र कम्युनिष्ट नेता हो जस्ले कुनै स्वार्थ,पद,पुजी, भवियष्को राजनीति प्रलोभन को आस गर्नु भएन । सानैदेखि म समर्थन  गर्ने गर्थे तर पछिल्लो समयमा फोहोरी राजनीतिले मन खिन्न भएको थियो ।

आज फेरि केही नयाँ उर्जा उत्पन्न भयको महसुश गर्दै छौं । तपाइले भन्दै आइराख्नु भयको थियो राष्ट्रघाती एमसीसी हाम्रो देशमा कुनै पनि हालतमा पारित हुनु भएन यो मुद्दाको घोरबिरोद्ध गरेको देख्दा थुप्रै युवा साथिहरुको मन जित्न सफल हुनुभयको थियो ।आजको मेन अखण्डापनी यहि हो।

आगामी दिनमा देश, जनमतको कदर गर्दै जनताको निम्ति निर्धकतापस्र्वक काम गरेर देखाउनु हुनेछ भन्ने आशामा छौँ। सुदुरपक्षिमको सान भविष्यको आशाको केन्द्र बिन्दु जनताको बहुदलीय जनवाद जिन्दावादलाई कायमै राख्नु भयकोमा हार्दिक बधाइ छ। आगामी दिनमा आफु लाइ कम्युनिष्ट हु भनेर तपाइको खुट्टा काट्नेहरुलाइ पनि अव सजक हुन आग्रह गर्दछु धन्यवाद ।