Saturday, 31, July, 2021 info@saipalnews.com

काँग्रेसको निर्वाचन समिति सदस्यमा रावल नियुक्त

काठमाडौं ४ साउन। नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् ।

समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो । सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९)बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो । पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् ।