Friday, 30, July, 2021 info@saipalnews.com

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

कैलाली ६ साउन । लागुऔषध सहित कैलाली प्रहरीले २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र  कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ बस्ने २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार दिउँसो विशेष सूचनाको आधार खटिएको प्रहरी टोलीले चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक बन नजिकबाट चेकजाँच गर्दा लागुऔषध खैरो हिरोइन ५ ग्राम सहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

त्यसैगरी कञ्चनपुरका राईलाई मंगलबार नै दिउँसो धनगढी उपमहानगरपालिका ३  भन्सार नजिक शंकास्पद रुपमा हिँडिरहेको अबस्थामा प्रहरीले चेकजाच गर्दा नाइट्रोभेट ३० ट्याब्लेट र  स्पास १६ टयाब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।