Saturday, 31, July, 2021 info@saipalnews.com

भीम रावललाई फकाउन माधव नेपाल पुगे टोखा

काठमाडौं ६ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष डा. भीम रावल सहभागी भएन् । रावल बैठकमा सहभागी नभएपछि वरिष्ठ नेता नेपाल डा. रावललाई पकाउन रावल निवास टोखा पुगेका छन् । आफूनिकट नेताहरुलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएपछि नेता नेपाल आत्तिएर डा. रावललाई भेट्न बैठक सकिए लगतै टोखा पुगेका हुन् ।

साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन् । पार्टी अध्यक्ष ओली पार्टी एकताका लागि तयार रहँदा पनि नेपाल नै चिढिएपछि एकता भंग भएको रावलले बताएका छन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकट सांसललाई संसद जोगानका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए ।

पार्टी एकताको अन्तिममा घडीमा नेता नेपालले दिएको निर्देशन गलत भन्दै रावलले त्यहीँ दिन सभामुख अग्नि सापकोटालाई सांसद पदबाट राजीना पत्र बुझाएका थिए । तर, अहिलेसम्म उनको राजीनामा पत्र स्वीकृत भएको छैन ।