Friday, 30, July, 2021 info@saipalnews.com

तिमी भाग्न मिल्दैन भीम रावल

तिमी भाग्न मिल्दैन भीम

युद्दको मैदानमा कमाण्ड गरिरहेको

सत्य, न्याय र समानताको लडाइ लडिरहेको

एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ यौद्दा हौ तिमी

दीन दुखी अभावग्रस्त पिछडिएका जनताको प्रतिनिधि

निडर, स्वाभीमानी एवम् राष्ट्रवादी नेता हौ तिमी

जीवनभर संघर्ष गरी नै रह्यौ

तर अहिले थकित भएर भाग्न खोज्दैछे रे

प्रतिनिधिसभा सदस्यबाट राजीनामा गर्यौ रे !

तिमी हिलोमा फूलेको फूल हौ

अन्याय, अत्याचार र अभावै अभावमा पिल्सिएको

राजा, महाराजा  र सत्तासिन नेताहरुले वेवास्ता गरिएको

गरिबीको रेखामुनी बाँचन बाध्य सुदूरपश्चिमको नेता

काला पत्थरको माझमा पाइने हिरा हौ

तर अहिले आफूलाई अवमूल्यन गर्दैछौ रे

कुरिति, कुंमस्कारको चक्रव्युबाट छुटकारा लिन

प्रतिनिधिसभाबाट भाग्दैछौ रे !

अरुले के के गरेनन् यहाँ

भाई( छोरा व्यापारी बनाए

जोडी श्रीमान श्रीमतिलाई सांसद र मन्त्री मिलाए

सासु, ससुरा, सम्धी, सम्धीनी

साला, साली बाँकी आफन्त सबैलाई

आयोग, कुटनितिक निकायको एकलौटी हकदार बनाए

राष्ट्रको ढुकुटीमा रजाई गरेर

आफन्तहरुलाई पालित पोषित गरे

तर तिमीले राजनितिक इमान्दारीताको लागि

अग्रणी महिला नेत्री संजिताको राजनितिक हत्या गर्यौ

पार्टी अनुशासनको नाममा योग्यतम कार्यक्रताको विद्रोहलाई दावयौ !!

झलनाथ, माधव, केपीलाई नेता बनायौ

दूर दराजका बस्तिहरुमा हजारौ हजार कार्यक्रता जन्मायौ

सबैको सिढी बन्यौ माथि चढायौ

तर आफू अचानो बनेर पिर सहि रह्यौ

जहिले पनि विधि, विधान र संस्थापनको सेवा गरी रह्यौ ।।

तिम्रो आवाज सदनमा न घन्किएको भए

समितिका बैठकमा मन्त्री न थर्किएको भए

साहेद तिम्रो लिम्पियाधुराको चुच्चे नक्शा बन्दैन थियो

तिमीले होली वाइनको विरोध नगरेको भए

राज्यद्वारा धर्म बेच्ने कुचेष्टाको उजागर हुदैनथ्यो

आईफा अवार्ड नरोकेको भए

स्वदेशी संस्कृतिको वेवस्ता गर्दै करोडौ रकम विदेशिने थियो !!

विप्पा र एमसिसीलाई ठिक ठाँउमा राख्न

विदेशी हस्तक्षेपलाई निस्तेज पार्न

राष्ट्र, राष्ट्रियता र स्वाधिनताको रक्षा गर्न

तिमीले उठाएका आवाजको सम्बोधन बाँकी छ

कुरिति, कुसंस्कार र जातिय भेदभावले ग्रस्त समाजका

विकृति र विसंगति बढार्न बाँकी छ ।।

तसर्थ,

महाभारतका भीम-सत्यका लागि लड्न अघि सरे

मल्लकालिन भिम-न्यायको लागि सेरिन तयार भए

निरंकुश कालिन भीम – ज्यानको आहुति दिएर शहिद बने

अहिलेका भीम-भगौडाको पगरी गुथ्न मिल्दैन

हजारौ जनताको अभिमतलाई वेवास्ता गर्दै

कठिन अवस्थामा तिमी भाग्न मिल्दैन भीम

तिमी भाग्न मिल्दैन भीम