Thursday, 23, September, 2021 info@saipalnews.com

नर्भिकमा निःशुल्क ओपीडी सेवा

काठमाडौं ११ साउन । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।

प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्ने अस्पतालले जनाएको छ । प्रत्येक शनिबारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा.कामाक्षा शाह र डा। मधु मास्केको निःशुल्क ओपीडी सेवा संचालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क जाँज गराउन सक्ने अस्पतालले बताएको छ ।