Monday, 20, September, 2021 info@saipalnews.com

दीपिकाको प्रेममा पागल भएका थिए रणबीर

काठमाडौं १२ भदौ । बलिउड फिल्मको रिलको प्रेम कहानीका जोडी अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर वास्तविक जीवनमा पनि प्रेममा परेका थिए । दीपिका र रणबीर एकअर्काको प्रेममा पागल भएका थिए । दीपिकाले रणबीरको नाममा ट्याटु पनि बनाएकी थिइन् । तर, उनीहरुबीचको सम्बन्ध टुट्यो ।

उनीहरुको पहिलो भेट बचना ए हसीनोुं फिल्मको सुटिङ हुनुभन्दा पहिले नै भएको थियो । रणबीरको उनीहरुको पहिलो भेटको विषयमा कुराकानी गरेका थिए । रणबीरले ओम शांन्ति ओमुको सुटिङ भइरहेको एक फिल्म स्टुडियोमा भएको थियो । दीपिका ब्रेकमा आफ्नो भ्यानिटी भ्यानमा जाँदा रणबीरले देखेका थिए । पहिलो भेटमा नै रणबीरले दीपिकाको फोन नम्बर खोजेर कल गरेका थिए । त्यसपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए ।

तर, दुई वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो । फिल्म ुराजनीतिुको सुटिङ मा रणबीर कैटरिना कैफसँग नजिक भए । कैटरिनाकै लागि रणबीरले दीपिकालाई धोका दिएका थिए । दीपिकाले रणबीरलाई रंगेहात भेटाएपछि सम्बन्धको अन्त्य गर्ने घोषणा गरेकी थिइन् ।