Monday, 20, September, 2021 info@saipalnews.com

लुम्बिनी प्रदेशमा थपिए १३ मन्त्रालय

बुटवल १३ भदौ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो ।

अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस आर्थिक मामिला तथा सहकारी मन्त्रालयस आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयस कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।

यस्तै, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयस भौतिक पूर्वाधार विकास मन्त्रालयस वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन् ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको उनले बताए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले जानकारी दिए ।