Monday, 20, September, 2021 info@saipalnews.com

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

काठमाडौं १४ भदौ । कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो ।

बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको  जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जाने निर्णय गरिएको छ। हामीले त्यसपछि जिल्लाहरुमा गएर भेला तथा आगामी रणनीतिका बारेमा तयारी थाल्ने छौँ।

उनका अनुसार पार्टीको महाधिवेशनको बारेमा पनि छलफल भएको छ । यद्यपी, पार्टीका निर्णय भने मंगलबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताईएको छ । सोमबारको बैठकमा ज्ञवाली सहित सह–इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, दैलेख इञ्चार्ज लक्ष्मी पोखरेल, राजबहादुर बुढा, प्रदेश अध्यक्ष गोरख बोगटी लगायतका नेताहरु सहभागी बनेका थिए ।