Monday, 20, September, 2021 info@saipalnews.com

सिरहा प्रहरीद्धारा ब्राउन सुगरसहित १ जना पक्राउ

सिरहा १८ भदौ । सिरहाको सीमावर्ती माड़रबाट लागुऔषध ब्राउन सुगर सहित सिरहा प्रहरीले एक मानिसलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी सुवास बुढाथोकीका अनुसार नियन्त्रणमा पर्ने सिरहाको मिर्चैया नगरपालिका ५ घर भएका २६ वर्षीय मोहम्मद नियाज शेख रहेको उनले जनकारी दिए । प्रवक्ता बुढाथोकीका अनुसार पक्राउ परेका शेखको साथबाट तर्फबाट १०.५ ग्राम साढे दश ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

पक्राउ परेका शेख छिमेकी भारत बिहारको मधुवनी जिल्लाको सीमावर्ती बाजार जयनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित शुक्रबार नेपाल प्रवेश गर्ने क्रममा सिरहा नगरपालिका १७ स्थित सीमावर्ती माड़र बाजारको काली चौकबाट इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज विश्वबाबु बुढाथोकीको कामण्डमा खटिएको टोलीले शेखलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत थप अनुसन्धन भईरहेको प्रवक्ता बुढाथोकीले जनकारी दिए।