Monday, 20, September, 2021 info@saipalnews.com

नेपाली कांग्रेस पायलको वडा अधिवेशन सम्पन्न,सभापतिमा खत्री चयन

अछाम १९ भदौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको वडा अधिवेशन ३५ जिल्लामा भव्यरुपमा सम्पन्न भएको छ । यस्तै अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ को वडा अधिवेशन पनि सफलतापूर्वक सम्पन्न भएको छ ।

वडा अधिवेशनले क्षेत्रिय प्रतिनिधि र वडा कार्यसमिति चयन गरेको छ । वडा सभापतिमा शिवराज खत्री,उप सभापतिमा धनबहादुर कुँवर,खड्क बोहरा, सचिवमा धनबहादुर धामी,ललित बोहरा, सहसचिवमा भरतराज जोशी,धनबहादुर कुँवर र कोषाअध्यक्षमा कौशी कुँवर सर्वसम्मत चयन भएकी छन् ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार चार वटा जिल्लामा वडा अधिवेशन भएका छन् । कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशनहरू भएको सम्बन्धित जिल्ला काङ्ग्रेसले जनाएका छन् ।

क्रियाशील सदस्यताको टुङ्गो नलागेका कारण कैलाली, बाजुरा र डडेल्धुराको वडा अधिवेशन अनिश्चित भएको छ भने बैतडी र दार्चुलामा बाढी तथा पहिरोका कारण आवागमनमा कठिनाइ भएकाले तीन दिन पछि सारिएको छ ।