Monday, 20, September, 2021 info@saipalnews.com

मिडिया मैत्री ‘आमसञ्चार विधेयक’ बनाउने छ : मन्त्री थापा

काठमाडौं २० भदौ । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले बनाउने आमसञ्चार विधेयक मिडियामैत्री हुने बताएका छन् । कास्कीको माछापुच्छ्रेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले आमसञ्चार विधेयकलाई संशोधन मिडिया हाउस र मिडियामैत्री बनाएर अगाडि बढाउने बताएका हुन् ।

प्रदेश सरकारले आमसञ्चार विधेयकलाई सरोकारवालासँग समन्वय गरेर विवाद नहुने गरी तयार गरि अगाडी बढाउँछौँ’ उनले भने, ‘गण्डकीमा सञ्चालित मिडियाको हकहितमा केन्द्रित रहेर उनीहरुका समस्याको समाधान गर्ने गरी अगाडि बढ्छौँ ।

मन्त्री थापाले सरकारले दिने लोककल्याणकरी विज्ञापनले मिडियाकर्मीलाई प्रोत्साहन हुने गरी वितरण गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘कोरोनाका कारण धेरै मिडियाहरु प्रभावित भएका छन, केही मिडिया बन्द समेत भएको अवस्था छ’ उनले भने, ‘मिडिया हाउस बन्द हुँदा पत्रकारको रोजीरोटी गुमेको छ, मिडिया हाउस र पत्रकारको रोजगारीका लागि गण्डकी सरकार प्रतिबद्ध छ ।’

मन्त्री थापाले पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने गरी आगामी कार्यक्रम तय गरिने बताए । उनले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । मन्त्री थापाले समग्र मिडिया क्षेत्रमा आवश्यक सुधारका लागि सबैको सल्लाह सुझाव लिएर नै अगाडि बढ्ने बताए ।

‘मिडिया क्षेत्रको विकासका लागि सरकारले केही नयाँ कार्य गर्ने सोच बनाएको छ’ उनले भने । ‘सरोकारवालासँग छलफल र सल्लाह सुझावका आधारमा योजना अगाडि बढाउने छौं, यसका लागि यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं