Saturday, 16, October, 2021 info@saipalnews.com

काङ्ग्रेस नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं २१ भदौ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा युवा नेता प्रदीप नेपालले महामन्त्रीमा उम्मेदवारी दिनेभएका छन् । मङ्सिर ९ गतेदेखि १४ गतेसम्म हुने महाधिवेशनमा नेता पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

१३ औँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औँ महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् । उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औँ नम्बरमा निर्वाचित भएका थिए ।

नेता पौडेलले कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बन्ने तयारी रहेका छन् । १३ औँ महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीको उम्मेदवार उठ्ने संकेत देखाएसङ्गै नेता पौडेले सिटौला पक्षबाट महामन्त्री पदमा उम्मेदवारी दिन लागेको स्रोतले जनाएको छ ।