Monday, 20, September, 2021 info@saipalnews.com

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौ २१ भदौ । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा एकै परिवारका छ जनाको हत्या भएको छ । नगरपालिका वडा नम्बर एक स्थित उम्लिङ गाउँका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटना धारिलो हतियार गरेको पाइएको छ । अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बुझिएको छ । घटनामा धारिलो हतियार प्रयोग भएकाले उनीहरुको हत्या भएको आशंका गरिएको छ । घटनाको थपविवरण आउन बाँकी ।