Saturday, 16, October, 2021 info@saipalnews.com

काठमाडौँका सीडीओको सरुवा

काठमाडौँ २२ भदौ ।सरकारले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ ।मङ्गलबार गृह मन्त्रालयले प्रजिअ पराजुलीको सुरुवा गरि उनको ठाउँमा गृह मन्त्रालय सहसचिव गोविन्दप्रसाद रिमाललाई पठाएको छ ।

प्रजिअ पराजुली नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।