Saturday, 16, October, 2021 info@saipalnews.com

माओवादी अध्यक्ष प्रचण्डद्धारा एमसिसी पास नहुँने घोषणा

काठमाडौं २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले एमसिसी पास नहुँने घोषणा गरेका छन् । सरकारले एमसिसी पास गर्ने तयारी गरिरहेको बेला सत्तारुढ दलका अध्यक्ष प्रचण्डले एमसिसी पास नहुँने घोषणा गरेका हुन् । मङ्गलबार पार्टी निकट सङ्गठन (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले एमसिसी पास नहुँने उद्ुघोष गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने,‘हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन । तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसङ्गै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर अध्यक्ष प्रचण्डले वाईसीएलका पदाधिकारीलाई निर्देशन दिए । साथै वाईसीएलको पहिलो केन्द्रीय समितिको बैठकमा वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली चयन भएका छन् ।