Monday, 20, September, 2021 info@saipalnews.com

८ हजार घुससहित सीडीओ कार्यालय नासु पक्राउ

धनुषा २२ भदौ । जिल्ला प्रशासन कार्यालय सीडीओ धनुषाका नायव सुब्बा उमेर चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो । जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।