Saturday, 16, October, 2021 info@saipalnews.com

पार्टीले कारबाही गरेका सांसद उपस्थित भए संसद चल्न नदिने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेले पार्टीले कारबाही गरेका सांसदहरु संसद बैठकमा सहभागी भए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ । बुधबार अपरान्ह ४ बजे बस्न लागेको संसद बैठकमा उठाउने एजेण्डाको विषयमा छलफल गर्न बसेको एमाले संदीय दलको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

उनले भने,‘एमालेमाथि गम्भीर षड्यन्त्र भइरहेको र त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पार्न अध्यक्ष ओली संसदहरुलाई निर्देशन दिएका हुन् । राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।