Saturday, 16, October, 2021 info@saipalnews.com

सक्षम नेतृत्व भए बिपीको सपना पूरा गर्न सकिन्छ : नेता सिंह

काठमाडौं २४ भदौ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बलियो काँग्रेस र सक्षम नेतृत्व भएमात्र बिपी कोइरालाले देखेका सपना पूरा गर्न सकिने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा सिंहले  उनको सपना पुरा गर्न आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा अपिल गरे । उनले भने,नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दछु ।

साथै सिंहले अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिए । हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ । तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ,’ उनको भनाइ छ ।