Monday, 20, September, 2021 info@saipalnews.com

टी २० विश्वकपका लागि भारतको टोली घोषणा

काठमाडौं २४ भदौ । अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ । त्यसैगरी यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ ।

१७ अक्टुबरदेखि १४ नोभेम्बरबीच ओमान र युएईमा टी २० क्रिकेट आयोजना हुनेछ ।

यी हुन् टोलमिा समावेश खेलाडी

ब्याट्सम्यानः विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव

विकेटकिपरः ऋषभ पन्त, ईशान किशन

स्पिनरः राहुल चाहर, आर अश्विन, वरुण चक्रवर्ती, अक्षर पटेल

पेसरः सप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी ।

अलराउन्डरः रविन्द्र जडेजा, हार्दिक पान्ड्या ।

वैकल्पिकः श्रेयस अय्यर, शार्दूल ठाकुर, दीपक चाहर

कहिले कोसँग प्रतिस्पर्धा ?

प्रारम्भिक चरणमा भारतले २४ अक्टुबरमा पाकिस्तान, ३१ अक्टुबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।