Saturday, 16, October, 2021 info@saipalnews.com

एमसिसी उपाध्यक्षलाई कालोझण्डा देखाउने १५ जना पक्राउ,एमसीसीको विरोध चर्को नाराबाजी

काठमाडौँ २४ भदौ । एमसिसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जना पक्राउ परेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटर फर्किने बेला फातिमालाई कोटेश्वरमा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र सङ्गठनमा आवद्धहरुले कालोझण्डा देखाउने प्रयास गरेका थिए । एमसीसीको विरोध गर्दै कालोझण्डा देखाउने प्रयास गरिरहेका मध्य १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कालोझण्डा देखाउन खोज्दा पक्राउ परेका १५ जनालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरिरहेका छन् ।