Wednesday, 19, January, 2022 info@saipalnews.com

नेकपा मसालको निष्कर्ष– एमसिसी सम्झौता खारेज नगरी सुख छैन

काठमाडौं २५ भदौ । नेकपा मसालले एमसीसी सम्झौता खारेज गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्तिमार्फत एमसीसीका सन्दर्भमा अमेरिकाले सरकारलाई पठाएको जवाफबाट संशोधन हुँदैन भन्ने प्रष्ट भएकाले यसको खारेजीको विकल्प नभएको बताएका हुन् ।

‘एमसीसी सम्बन्धी नेपाल सरकारका प्रश्नहरूमा अमेरिकाले जुन जवाफहरू पठाएको छ, त्यसको सारतत्व त्यो सम्झौतामा कुनै संशोधन गर्न सकिन्न भन्ने नै हो । त्यसपछिका अन्य सबै जवाफहरू अर्थहीन हुन जान्छन्’,  विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट त्यो सम्झौतामा नेपालको सार्वभौमिकतामा आँच पुग्ने प्रकारका कुनै पनि प्रावधानलाई हटाउन अमेरिका तयार नभएको कुरा प्रष्ट हुन्छ । त्यो अवस्थामा त्यो सम्झौतालाई खारेज गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता पहिले जस्तै अहिले पनि छ भन्ने नेकपा मसालले दृढ मत प्रकट गर्न चाहन्छ ।

यस्तै मसालले एमालेले पहिलेका १४ जना सांसदहरूबारे प्रश्न उठाएर संसदलाई अवरोध गर्नु गलत भएको पनि ठहर गरेको छ । ‘एमालेको अहिलेको संसदको बैठकलाई अवरोध गर्ने कार्य संसदको २र२ पल्ट विघटन गरेर संसदलाई असफल पार्ने जुन प्रयत्न गरिएको थियो, त्यही नीतिको नै निरन्तरता हो’, सिंहको भनाइ छ । माधव नेपाल पक्षले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी संगठन गर्नुमा केपी ओली पक्ष नै जिम्मेवार रहेको समेत विज्ञप्तिमार्फत मसालले ठहर गरेको छ ।