Saturday, 16, October, 2021 info@saipalnews.com

मन्त्रिपरिषद्को बैठक बस्दै,आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं २५ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो । त्यस्तो अन्य केही छैन । विहान ९ बजेबाट गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बसेको छ ।