Thursday, 27, January, 2022 info@saipalnews.com

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

काठमाडौं २४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले १७ खर्ब सरकारले ३२ अर्ब ३ करोडको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च छ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च तीन खर्ब ७ अर्ब १० करोड रहेको छ ।

शुक्रबारको प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट सार्वजनिक गरेको हो । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ छ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ तीन खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित तीन खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब (१५.८९ प्रतिशत) छुट्याइएको छ । खर्च ब्यहार्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड ब्यहोरिने शर्माले बर्ता ।

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा पाँच खर्ब २२ अर्ब नौ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले दुई खर्ब ८३ अर्ब नौ करोड वैदेशिक ऋण र तीन खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।