Thursday, 27, January, 2022 info@saipalnews.com

वडाध्यक्षद्धारा महानगरपालिकाको कार्यालय तोडफोड

काठमाडौं २५ भदौ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्ष महानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । शुक्रबार वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग र उपप्रमुखको कार्यकक्षको ढोकामा तोडफोड गरेका हुन् ।

वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड कार्यालय तोडफोड गरेको स्रोतले जनाएको छ । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोका फुस्किएको छ ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे । दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको थिएँ, दुई महिनाअघि मैले नै माग गरेअनुसार एक जना इन्जिनियर पठाएका थिए,उनले भने,’अहिले एकाएक उहाँलाई अन्यत्रै सरुवा गराएछन्, त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढङ्गले प्रस्तुत नभएकाले घटना सो घटना भएको वडाध्यक्ष डंगोलले स्वीकारेका छन् ।

यता महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोललाई भराउने मेयर शाक्यले तयारी गरेका छन् ।