Monday, 20, September, 2021 info@saipalnews.com

मुख्यमन्त्री शाक्यको पद धरापमा,समाजवादीले समर्थन नगर्ने

काठमाडौँ २७ भदौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेबाट मुख्यमन्त्री भएकी शाक्यलाई एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादी दलले विश्वासको मत नदिएपछि उनीहरु अल्पमतमा परेकी हुन् ।

यसअघि माधव नेपाल नेतृत्वको समाजवादी दलका सांसदले आफूलाई विश्वासको मत दिनेकुरामा विश्वस्त रहेकी शाक्यलाई आइतबार एकाएक समाजवादी दलले निराश बनाएको छ ।

आइतबार बसेको नेकपा एकीकृत समाजवादी दलको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी समेत संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले विभाजन हुनुअघि एक्लैको बहुमत थियो । पार्टी विभाजनपछि १३ जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमाले प्रदेश एकमा अल्पमतमा परेको हो ।