Monday, 20, September, 2021 info@saipalnews.com

एमालेले संसद अवरुद्ध पारेपछि बाध्य भएर बोलाए सभामुखले सर्वदलीय बैठक

काठमाडौं २७ भदौ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले दोस्रो दिनपनि संसद बैठक चल्न नदिएपछि सभामुख सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । सोही समस्याको समाधान गर्ने उद्देश्यले सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको समेत बताएका छन् ।

नेकपा एमाले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले जोगाएर एमाले फुटाएको आरोप लगउँदै आएका छन् । त्यसैको समाधान निकाल्न सभामुख सापकोटाले मङ्गलबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।