Wednesday, 19, January, 2022 info@saipalnews.com

मलाई श्रीमतीको पनि विश्वास छैन,अरुको त के कुरा : प्रचण्ड

काठमाडौं २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लो हुनुपर्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,‘माओले लास्टमा मलाई श्रीमतीको पनि विश्वास छैन भन्नु्भयो । ४ जनाको पनि समूहमा नहिँड न भनेकै हो माओले’प्रचण्डले भने,‘कहिलेकाहीँ एक÷दुई वर्षपछि म पनि एक्लो पो हुने हो कि र माओले भनेजस्तो एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो त्यस्तो चित्र दिमागमा आउँछ ।’ कम्यनिस्ट आन्दोलनमा यस रोगबारे चिन्तामा मनन जरुरी छ ।

आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइएपनि विविध कारणले एकता सफल हुन नसकेको तर एकताको पहल अझैपनि जारी रहेको बताएका हुन् । उनले भने,‘केपी शर्मा ओलीसँग पार्टी एकता गरेर आफूले ठूलो ज्ञान प्राप्त गरेको पनि बताए ।

विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू रहेको माओवादी अध्यक्ष प्रचण्डले बताए । प्रचण्डले अहिले नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं चुनौतीको सामना गरिरहेको भन्दै सबै पार्टीमा आन्तरिक समस्या रहेको पनि स्वीकार गरे ।