Saturday, 16, October, 2021 info@saipalnews.com

एमसिसीको खारेज गरौँ,भन्दै विप्लव आए सडकमा

काठमाडौं २८ भदौ । अमेरिकी सहयोग एमसिसीको संसददेखि सडकसम्म चर्काे विरोध भइरहेको छ । स्थानीय तहदेखि राजधानीका सडकमा विभिन्न राजनीतिक दलले एमसिसीको विरोघ गर्दै आएका छन् । त्यस्तै (आज) नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी) सम्झौताको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

उनीहरुले ठूलठूला ब्यानर एमसिसी सम्झौता खारेज गरौँ,सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ भन्दै प्रदर्शन गरिरहेका छन् ।

एमसिसी विरोघसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा,हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।