Monday, 20, September, 2021 info@saipalnews.com

दशैतिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं २८ भदौ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि असोज ४ गतेबाट नयाँ नोट बजारमा पठाएको छ । हरके वर्ष दशै तिहार लक्षित गर्दै नयाँ नोट पठाउँदै आएको राष्ट्र बैङ्कले यसवर्ष पनि तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सकिला नयाँ नोट बजारमा पठाएको हो ।

कमर्सियल बैङ्कलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका उनका अनुसार सर्वसाधारणले असोज चार गतेदेखि मात्र नयाँ नोट साट्न पाउने भएका छन् । नोट काठमाडौँमा नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैङ्कका सबै शाखाहरूबाट सर्वसाधारणहरुले साट्न सक्ने छैन । एक व्यक्तिले बढीमा १८ हजार पाँच रुपैयाँसम्म सटही गर्न व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ । रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले साट्न पाउने सुविधा रहेको छ ।