Monday, 20, September, 2021 info@saipalnews.com

एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार

काठमाडौं २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको छ । सोमबार दिउँसो साढे दुई बजेका लागि सभामुख सापकोटाले बोलाएको बैठक नेकपा एमालेले बहिस्कार गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने जानकारी दिए । उनले भने,‘पार्टीले कारबाही गरेका र व्यक्ति सहभागी भएको बैठकमा हामी जाँदैनौँ । जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुख अग्प्रिसाद सापकोटाको महत्वपूर्ण भूमिका छ ।

उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफलको लागि बोलाएमा एमाले सहभागिता समेत बताए । एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि संसदलाई चलाएमान बनाउ सभामुख सापकोटाले सोमबार (आज) का लागि सर्वदलीय बैठक बोलाएको थियो । तर निरन्तर संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षी दल नेकपा एमाले भने आजको सर्वदलीय बैठकमा नजाने भएको छ ।