Saturday, 16, October, 2021 info@saipalnews.com

समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं २८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले केन्द्रीय कमिटी बैठक बोलाएको छ । असोज ५ गते बिहान ११ बजे बस्ने गरी एकीकृत समाजवादी दलले केन्द्रीय कमिटीको बैठक बोलाएको एक नेताले जानकारी दिए ।

उनका अनुसार असोज ५ गते बस्ने बैठकले पार्टीको साङ्गठनिक काम कारबाही विषयमा छलफल हुने भएको छ । उनले भने,‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्नु छ । जनवर्गीय सङ्गठन बनाउन छ । यी यस्तै विषयमा निर्णय लिन बैठक बोलाइएको हो ।