Saturday, 16, October, 2021 info@saipalnews.com

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रचण्ड र खड्काबीच छलफल

काठमाडौं २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका महामन्त्री पुर्णबहादुर खड्काबीच भेटघाट भएको छ । मङ्गबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच भेटघाट भएको हो ।

दुई नेताबीचको छलफलमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको प्रचणडको सचिवालयले जनाएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भइहेको छ । यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ  गठबन्धन दलका शीर्ष नेताहरुलाई मन्त्रीको नामावली पठाउन आग्रह गरेका थिए । तर गठबन्धन दलका नेताहरुले मन्त्रीको नामावली नपठाएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिला भइरहेको स्रोतले जनाएको छ ।