Monday, 20, September, 2021 info@saipalnews.com

आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने आमा–बुबा पक्राउ

काठमाडौं २९ भदौ । आठ महिने शिशुको हत्या गर्ने आमा–बुबा पक्राय परेका छन् । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा उनीहरुलाई रुपन्देही प्रहरी पक्राउ गरेको हो ।

गैडहवा गाउँपालिका वडा ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हत्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको त्यहि रिसको झोकमा मल्लाह दम्पतीले आठ महिने शिशुको हत्या गरेको बुझिएको प्रहरीको भनाइ छ ।

भदौ २६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालयको प्रहरी टोली गैडहवामा पुगेको थियो । सो बेला घटनास्थलको सुक्ष्म अबलोकन गर्दा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ ।

बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।