Monday, 20, September, 2021 info@saipalnews.com

त्रिभुवन विमानस्थलबाट २ करोड मूल्यको सुन बरामद

काठमाडौं २९ भदौ । त्रिभुवन विमानस्थलमा दुई करोड बढीको सुनको गहना प्रहरीले बरामद गरेको छ । भदौ २८ गते बिहान ८: ३० बजे श्री एयरलाइन्सको उडान नं SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज  एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो ।

कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा.वडा नं.२ घर भएका ४७ वर्षका मुरारी राज अधिकारीको ब्यागेजमा गहनाहरू फेला परेको प्रहरीले जनाएको छ ।

राज भण्डारीको साथबाट मूल्य रु३६,६४,२२५ बराबरको ५१५ ग्राम  तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम मूल्य रु४६,३७, १९७) २२ क्यारेटको १५५२ ग्राम मूल्य रु १,१०,४२, ४८०( ० र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम मूल्य रु.३१, ४८, ४९५) ० गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ । सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

गहनाहरु प्रमाणित, नापतौल र मुल्याङ्कनको लागि काठमाण्डौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटी, काठमाण्डौं पठाइएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।