Saturday, 16, October, 2021 info@saipalnews.com

केन्द्रीय प्रतिनिधिमा बाबुकाजीको उम्मेदवारी किन !

दोलखा १ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा बाबुकाजी बस्नेतले खुल्लातर्फको केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् । दोलखामा नेपाली कांग्रेसलाई शसक्त रुपमा अगाडि बढाउन र युवाहरुको हितको लागि आफूले केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिन लागेको नेता बस्नेतले बताए ।

विगत लामो समयदेखि नेपाली कांग्रेसको भात्रृ संगठनमा आवद्ध हुँदै आएका बस्नेत जिल्लाको समाजसेवीका रुपमा पनि चिनिन्छन् । १३ औँ महाधिवेसनमा महासमिसिको सदस्य बनेका बस्नेतले आउँदै गरेको १४ औँ महाधिवेशनमा केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिन लागेका हुन् । दोलखामा कांग्रेसलाई एक नम्बर पाटी बनाउँनका लागि आफूले केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिएको नेता बस्नेतको भनाइ छ ।

दोलखा जिल्ला उद्योग बाणिज्य संघका सल्लाकार र नेपाल फुटबल संघ एन्फाको सहायक मास्टर चिफ समेत रहेका नेता बस्नेत दोलखामा लोकप्रिय नेता मानिन् छन् । जिल्लाको स्थानीय तह तथा नगरपालिका भित्रका नागरिकहरुको दुःख शुखमा साथ दिने र सहयोगी र इमान्दार नेता बस्नेतले १४ औँ महाधिवेशनमा युवाहरुको चाहना अनुसार केन्द्रीय प्रतिनिधिमा जिम्मेदवारी दिन लागेको समेत बताए ।

केन्द्रीय प्रतिनिधिमा बस्नेतको उम्मेदवारी किन ?

‘पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल गर्दे,पार्टीलाई नयाँ ढंगले संचालन गर्न, नयाँ योजना तथा रणनीति तय गर्ने उदेश्यका साथ पार्टीलाई एकबद्ध ढंगले अगाडी बढाउने र सबै नागरिकको हक, हित र अधिकारको लागि लड्न बस्नेतको उम्मेदवारी ।