Saturday, 16, October, 2021 info@saipalnews.com

समाजवादीमा गएकाहरू एमालेमा फर्किनुको विकल्प छैन : नेता कुँवर

काठमाडौं २ असोज । नेकपा एमाले नेता रमेश कुँवरले एकीकृत समाजवादी दलका नेताहरुले पुनः एमालेमा फर्किनु बाहेक विकल्प नभएको बताएका छन् । नेता कुँवरले साइपाल न्यूजसँगको टेलिफोन सम्वादमा भने,‘अहिले केही कमरेडहरु रिसले, केही कमरेडहरु पदको स्वार्थकालागि एकीकृत समाजवादीमा गएका हुन् । तर,ढिलो चाँडो उनीहरु नेकपा एमालेमै फर्किन्छन् । उहॅाहरू एमालेमा फर्किनु बाहेक विकल्प पनि छैन ।

कम्युनिस्ट आन्दोलनलाई सफल बनाउने हो,भने नेपालका सवै कम्युनिस्टहरु एक ठाउँमा आउनै पर्ने भन्दै कॅुवरले त्यसपछि मात्रै कम्युनिस्ट  आन्दोलन सफल हुने दावि गरे ।

साथै नेता कुँवरले पार्टी विभाजनले एमालेलाई ठूलो क्षति नभएको बताए ।’बाहिर जुन किसिमको हल्ला छ, एमालेलाई ठूलै क्षति भयो भन्ने त्यसमा कुनै सत्यता छैन् । पार्टी विभाजन हुनु आफैँमा दुःखद हो । तर पनि एमालेलाई पार्टी विभाजनले केही प्रतिशत भने क्षति पुर्‍याएको छ । त्यसमा आत्तिनुपर्ने कारण छैन ।,

तपाई हामीले देखिरहेका छौँ । नेपालमा दर्ता भएका नयाँ दलको अवस्था ।अहिले दर्ता भएका दलको अवस्था पनि त्यस्तै हुने हो ।त्यस्ले उहाँले अहिले जता भएपनि अन्तिममा ठक्कर खाएपछि आउँने मुलधारको पार्टी एमालेमै हो ।त्यसले म एमालेका लाखैँ नेता तथा कार्यकर्तालाई के भन्न चाहन्छु भने,‘तपाईहरु नआत्तिनुहोस् ।,,

आफ्नो अडानमा बस्नुहोस् । तपाईको रगत पसिनाले बनेको घरमा बस्नुहोस् । अन्त बरालिएर काम छैन ।अहिले बरालिएकाहरु पनि ठूलो ठक्कर खाएपछि आउँने एमालेमा नै हुन् ।,,

यस्तै,अर्को प्रसङ्गमा नेता कुँवरले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् ।अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएको दुई महिना भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको मुख्य कारण  देउवा सरकार असफल भएको बताए । साथै देशको राष्ट्रियता स्वाधिनताको मुद्दामा पनि देउवा सरकार चुकेको नेता कुँवरले दाबी गरे ।

एमसिसीका विषयमा टीका–टिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु,सीमा विवाद बल्झँदै जानु,विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार समेत नभएको नेता कुँवरले जिकिर गरे ।,,