Saturday, 16, October, 2021 info@saipalnews.com

माओवादी केन्द्र पनि एमालेकरण भो : प्रचण्ड

काठमाडौं ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पलाल दाहाल ‘प्रचण्ड’ले माओवादी एमालेकरण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सुर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने,‘नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताए । उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको समेत दाबी गरे ।

प्रचण्डले एमाले अध्यक्ष ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले थोरै मिहिनेत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गरे । उनले माओवादी केन्द्रले मात्रै साचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने समेत बताए ।